काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आइतबार छापावाल सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो ।

आजका लागि सुन प्रतितोला ३ लाख नौ हजार ४०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य तीन लाख १४ हजार २०० रुपैयाँ थियो ।

ADVERTISEMENT

चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।