काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । छापावाल सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ ।

महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० रुपैयाँ कायम भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी तोलामा चार हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।