काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधबार तोलामा १० हजार ४०० रुपैयाँले बढेसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि भाउ वृद्धि भएको हो ।







