काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार पाँच सय र चाँदी तोलाकै ३३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ६० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।