काठमाडौं । सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्।बलात्कार आरोपमा चैत २१ गते बूढानीलकण्ठ बाट पक्राउ परेका उनलाई आज हाजिरी जमानीमा रिहा गरिएको हो।
अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार सागर लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया जारी रहेको छ।







