काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो । केही दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारसँग सम्बन्धित विषयमा सोधपुछ गर्न सुवेदीलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकृतहरूले बताएका छन् ।






