रुपन्देही। रुपन्देहीबाट चोरीको स्कुटर र सुनका गरगहना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुका लोक बहादुर बिक र रुपन्देहीका माँगुरे (दीपक गाहा) रहेका छन्।
रुपन्देहीको सैनामैना नगरपालिका–४ कर्बलामा स्कुटरमा चोरी गर्न आएका व्यक्तिहरू चाँवीसहित स्कुटर छोडेर फरार भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उक्त स्कुटर नियन्त्रणमा लिई चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा स्कुटरसँगै सुनका बाला, हार, झुम्का, मिनि हार थान, सिक्री र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको बताएको छ।







