काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं वडा कप राष्ट्रिय र्‍यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि सञ्चालन हुने भएको छ ।आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालका अनुसार प्रतियोगिता स्विस लिग प्रणालीमा नौ चरणमा खेलाइनेछ । दुई दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू नयाँ बजारस्थित मल्टि भेन्युमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५३ हजार रुपैयाँ रहेको छ । खुलातर्फका खेलाडीका लागि दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने महिला तथा १६ वर्षमुनिका खेलाडीले ५०० रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।

ADVERTISEMENT

उपत्यकाबाहिरबाट सहभागी हुने खेलाडीका लागि आयोजकले आवासको व्यवस्था गर्ने जनाएको छ ।काठमाडौं महानगरपालिका वडा नम्बर १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

ADVERTISEMENT