काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन्। सहकारीमा भएको भनिएको ठगी प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय रवीन बिष्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीबाटै पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने तयारी गरिएको छ।

ADVERTISEMENT

प्रारम्भिक विवरणअनुसार उक्त सहकारीमार्फत साढे पाँच अर्ब रुपैयाँभन्दा बढी रकम ठगी भएको आशंका गरिएको छ। बचतकर्ताको रकम दुरुपयोग भएको उजुरीपछि अनुसन्धान सुरु गरिएको हो।

ADVERTISEMENT