काठमाडौं।  उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपुछपछि रिहा गरेको छ। उनलाई बिहीबार अपराह्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले करिब सात घण्टा सोधपुछ गरेपछि मोबाइल फोनको अनुचित प्रयोग नगर्ने सर्तमा पत्नीको जिम्मा लगाएर बिहीबार राति नै छाडेको स्रोतले जनाएको छ।

ADVERTISEMENT

स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि समय नपाएपछि उनको निजी नम्बरमा सन्देश पठाएका थिए। सोही विषयलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ।

ADVERTISEMENT

उनीमाथि सरकारी प्रशासनिक संरचनामा पालना गर्नुपर्ने ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोप लगाइएको थियो। तर प्रारम्भिक सोधपुछपछि मुद्दा चलाउनुपर्ने आधार नदेखिएकाले रिहा गरिएको स्रोतको भनाइ छ।

सचिव पुष्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदैछन्।

ADVERTISEMENT