काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला सात हजार ९०० रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।







