काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार तोलाको दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ । आइतबार चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।