काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै,बिहीबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।







