काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको सात हजार एक सय रुपैयाँले बढेर सुन दुई लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो ।

सुन बिहीबार तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलको ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा तीन हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तीन हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अमेरिकी सटडाउन र अन्तर्राष्ट्रिय कारण सुनचाँदी व्यवसायीहरूले सुन तोलाको तीन लाखसम्म पुग्ने अनुमान गरेका छन् ।