काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ बढेको छ ।
शुक्रबार सुनको भाउ तोलामा ५८ सय र चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेको थियो । तर आज भने सुन तोलामा एक हजार ६ सय रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको दुई लाख ८७ हजार एक सय रुपैयाँ र चाँदी चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको भाउ तोलामा दुई लाख ८५ हजार पाँच सय रुपैयाँ तथा चाँदीको भाउ चार हजार ३५० रुपैयाँ रहेको थियो ।





