काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । चाँदीको भने घटेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार तीन सय रुपैयाँ कायम छ। अघिल्लो दिन दुई लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने प्रतितोला ३० रुपैयाँ घटेसँगै पाँच हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पाँच हजार १९० रुपैयाँ थियो ।