काठमाडौं । नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ ।

आज सुन तोलाको दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुन तोलाको दुई लाख लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि उच्च दरमा घटेको छ । चाँदी तोलाको ३० रुपैयाँले घटेर ४९१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

ADVERTISEMENT