काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ३५ मा कारोबार भएको थियो ।