काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । बिहीबार पनि सुनको मूल्य ६ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार चार सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले तीन हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो ।