काठमाडौं । महालक्ष्मी विकास बैंकले जेनजी आन्दोलनका क्रममा भएको जिउधनको क्षतिबाट अत्यन्तै मर्माहत भएके जनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति बैंकले धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेको छ । साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

बैंकले सरकारी, सार्वजानिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, नयाँ सरकारले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यावसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूति गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।

ADVERTISEMENT

बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ सेवाहरु नजिकको शाखा कार्यालयहरुमार्फत लिन सकिने जानकारी गराएको छ । साथै, बैंकको लेकसाइड पोखरा शाखाबाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालय पूर्ण रुपमा सेवा सञ्चालनमा आइसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको जनाएको छ ।

 

ADVERTISEMENT