काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई थप सुविधा र छुट उपलब्ध गराउने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याएको छ। योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले प्रत्येक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यो योजनाले डिजिटल भुक्तानीलाई बढावा दिनुका साथै सुरक्षित, नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नेछ।

योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत न्यूनतम रु. १,९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशतसम्म वा अधिकतम रु. ७५० छुट पाउनेछन्। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम रु. १,९९९ को खरिदमा १५ प्रतिशतसम्म वा अधिकतम रु. १,००० छुट प्राप्त गर्न सक्नेछन्।

ADVERTISEMENT

ADVERTISEMENT

यो योजना प्रत्येक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा उपलब्ध हुने र पहिलो आउने ग्राहकलाई प्राथमिकताका आधारमा प्रदान गरिने भएकाले ग्राहकले हरेक सोमबार समयमै खरिद गरी योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस्ता योजनामार्फत ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्नुका साथै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको छ। दैनिक कारोबारमा डिजिटल माध्यमको प्रयोग बढाउँदा ग्राहकलाई सहजता, बचत तथा थप मूल्य प्राप्त हुने बैंकको विश्वास छ।

ADVERTISEMENT

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। बैंकले आधुनिक बैंकिङ सेवा र डिजिटल प्रविधिलाई ग्राहकको दैनिक आवश्यकतासँग जोड्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ।