काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग भवनको पुनर्निर्माण कार्य तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ ।
दरबारमार्गमा रहेको प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्य गर्न कठिनाइ भएकाले तत्कालका लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्य गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकको सम्पूर्ण सेवाहरु पूर्णरुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ । बैंकको पोखरास्थित लेकसाइड शाखाबाहेक १०२ शाखा कार्यालय हाल सञ्चालनमा छन् ।








