काठमाडौं । महालक्ष्मी विकास बैंक ‘बैकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

भारतको नयाँ दिल्लीमा आइतबार आयोजित इन्डिया बिजनेस अवार्ड २०२५ कार्यक्रममा महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको हो ।

ADVERTISEMENT

महालक्ष्मी विकास बैंकको तर्फबाट बैंकका वरिष्ठ अधिकृतहरुले सम्मान ग्रहण गरेका थिए । बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्यबापत अवार्ड प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।

दुई देश बीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्यहरु गर्दै आएको महालक्ष्मी विकास बैंकलाई अवार्ड प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ADVERTISEMENT

नेपाल र भारतबीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ति बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ । हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो ।