काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीसँग जोडिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको सम्भावित कार्यसूची र द्विपक्षीय भेटघाटको तयारीका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन्।
भ्रमणका क्रममा मिश्रीले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्ने तालिका रहेको स्रोतले जनाएको छ।
भारतीय विदेश सचिव मिश्री बिहीबार नै काठमाडौंको भ्रमण सम्पन्न गरी नयाँदिल्ली फर्किने कार्यक्रम छ।










