काठमाडौं । राजेश उपाध्यायले  महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षका रूपमा पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट संचालक समितिले अध्यक्षको रूपमा चयन गरेको थियो।

उपाध्यायलाई पुस २३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।

ADVERTISEMENT

बैंकको वार्षिक साधारण सभा मिति २०८२/०९/२१ मा संचालक समितिले प्रस्ताव गरे अनुसार १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन भएको थियो।

ADVERTISEMENT

उपाध्यायको नेतृत्वमा महालक्ष्मी विकास बैंकले आगामी दिनहरूमा वित्तीय स्थायित्व र विकासतर्फ नयाँ चरण सुरु गर्ने अपेक्षा गरिएको छ।