काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले इन्डियन चेम्ब्।र अफ कमर्स कोलकत्ताको सम्पत्ति गुणस्तरअन्तर्गतको विधामा सम्मान पाएको हो ।

अगस्ट २९ तारिखमा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस’ कार्यक्रममा बैंकले सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता थियो ।

बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरुको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरेबापत सो अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा-पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।