काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्। पूजापछि उनले पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।

ADVERTISEMENT

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।

ADVERTISEMENT