काठमाडौं । विपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले संसद्को बैठक तत्काल बोलाउन माग गर्ने निर्णय गरेको नेकपाका नेता प्रमेश हमालले जानकारी दिए।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए।
त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट प्रमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी भएका थिए।
बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओली पनि सहभागी थिए।









