काठमाडौँ। निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ अनुसार दर्ता खारेज गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार दर्ता खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) तथा माओवादी जनमुक्ति पार्टी रहेका छन्।

ADVERTISEMENT

आयोगका अनुसार हाल आयोगमा दर्ता रहेका राजनीतिक दलको संख्या १३७ रहेको छ।