काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको समयमा सरकार एक्लैले सबै गर्न सक्छु भन्ने सोच नराख्न आग्रह गरेको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले बाढीपछि गर्नुपर्ने तत्कालका काममा सरकार केही ठाउँमा चुकेको आरोप लगाइन्।

ADVERTISEMENT

उनले विपत्तिको समयमा सरकारले सार्वजनिक आह्वान, कूटनीतिक पहलमार्फत सहयोग माग्नुपर्ने तथा विद्यालय र क्याम्पसमा रहेका इन्जिनियर तथा विज्ञलाई परिचालन गर्नुपर्ने भए पनि त्यसो गर्न नसकेको बताइन्।

ADVERTISEMENT

अर्यालले विपद्का अनुभवबाट सिक्दै सरकारले तत्काल सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्नेमा त्यो पनि हुन नसकेको बताइन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्।’

उनले देश र जनताको माया प्रधानमन्त्रीलाई बढी र विपक्षी दललाई कम नहुने भन्दै विपत्तिको सामना गर्न सबै पक्षलाई साथमा लिएर अघि बढ्नुपर्ने बताइन्।

सरकारले कामै नगरेको भन्न खोजिएको नभई अझ धेरै काम गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो।