काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।