काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँ थियो ।

ADVERTISEMENT

आज चाँदीको भाउ पनि बढेको छ। शुक्रबार तोलाको २२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ADVERTISEMENT