काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय २५ मा कारोबार भएको थियो ।







