काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला ८० रुपैयाँले बढेको छ। पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्य बढ्दो क्रममा छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT