काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।