काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ६९ सयले घटेर दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३२८५ मा कारोबार भएको थियो ।