काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा पाँच हजार दुई सय र चाँदी २५० रुपैयाँले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार तीन सय र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

ADVERTISEMENT

बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

मंगलबार एक तोला सुन दुई लाख ८७ हजार एक् सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।