काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला सुन दुई लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य तोलामा ५० बढेको छ । आज चाँदी तोलामा चार हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT