काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको भाउ उच्च वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार हजार चार सय रुपैयाँले बढेर तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि उच्च रूपमा वृद्धि भएको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेर पाँच हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।








