काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार एक सय र चाँदी ५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ । त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २३० रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार एक तोला सुनको मोल तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २८५ रुपैयाँ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० रुपैयाँ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








