काठमाडौं । सुनको मूल्यले दैनिक रुपमा नयाँ रेकर्ड कायम गरेको छ । बुधबार पनि सुनको मूल्यले कीर्तिमानी नै बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दै दुई लाख ४८ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ । मंगलबार तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा तीन हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा तीन हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले यसको असर स्थानीय बजारमा देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले अमेरिकी संसदले बजेट पारित नगर्दा कर्मचारी वेतलवी विदामा बसेका छन्। यसले गर्दा अमेरिकाको अर्थतन्त्र कमजोर हुन गई सुरक्षित ठानेर लगानीकर्ताले लगानी बढाउँदा सुनको भाउ आकासिएको हो ।

ADVERTISEMENT