काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

तिहारपछि सुनको मूल्यमा निरन्तर गिरावट आएको थियो । बिहीबार भने बुधबारकै बजार भाउअनुसार खरिदबिक्री भएको थियो ।