काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य व्यापक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य आज तोलामा ३८ सय रुपैयाँ घटेको जनाएको छ।

आज सुन तोलाको दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलाका दुई लाख ९४ हजार ८०० रुपैयाँ थियो।

ADVERTISEMENT

आइतबार एक हजार र सोमबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ मात्र घटेको थियो। तीन दिनमा सुनको भाउ तोलाको ५१ सय रुपैयाँ घटिसकेको छ।

आज चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी तोलाको चार हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो।