काठमाडौँ । एमालेले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई मिसन जागरणका निम्ति परिचालन गरेको छ ।

आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

ADVERTISEMENT

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले जानकारी दिए ।

यसैको तयारीस्वरूप एमालेले शनिबार बागमती प्रदेश भेला आयोजना गरेको थियो । भेलामा अध्यक्ष केपी ओलीले पार्टी फुटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका थिए । भेलामा बागमती प्रदेशका जिल्ला अध्यक्षले नेतृत्व नफेर्ने, तर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए ।

ADVERTISEMENT