मोरङ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन भएमा एमाले त्यसमा सहभागी हुने जानकारी दिएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले भने, “सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुनेछ, तर हालसम्म चुनावको वातावरण सरकारले निर्माण गरेको छैन।”

ADVERTISEMENT

कोशी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने संकेत पनि दिएका छन्। उनले अघि नै पुनर्गठनको तयारी भइरहेको भए पनि महाधिवेशनलगायतका कारण ढिलाइ भएको बताए।

शेरधन राईले आगामी एक-दुई दिनभित्र प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग छलफल हुने जानकारी पनि दिए।

ADVERTISEMENT