काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमालेले सोमबार पनि प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ । जुलुस नयाँ बानेश्वरतिर जान खाेजे पनि प्रहरीले राेकेकाे छ ।

एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् । प्रदर्शनमा सहभागीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’, ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन् ।

ADVERTISEMENT

एमालेले ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ । आजको प्रदर्शनमा पदाधिकारीलगायतका नेता सहभागी थिए । अन्य दिनभन्दा आज प्रदर्शन अलि शान्त छ ।
ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।

ADVERTISEMENT