काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तयार पारेको महाधिवेशन दस्तावेज अध्यक्ष केपी ओलीले बुझ्न चाहेनन् ।
पोखरेलले आफूले तयार पारेको महाधिवेशन दस्तावेज सोमबार दिउँसो ३ बजे पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई बुझाउने तय थियो । तर ओली आज पार्टी कार्यालय नै आइदिएनन् ।
ओली पार्टी कार्यालय नआउने भएपछि पोखरेलको प्रतिवेदन महासचिव शंकर पोखरेलले बुझेका छन् । पोखरेल दस्ताबेज बोकेर अध्यक्ष ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल पुगेका थिए ।
पार्टी कार्यालयमा उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डेलगायतका नेता उपस्थित थिए ।









