काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको हो। आज सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला चार हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो।