काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
आज चाँदीको भाउ १५ रुपैयाँले बढेर ३६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





