काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। आज सुन प्रतितोला नौ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन तोलामा दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

ADVERTISEMENT

आज चाँदी तोलाको चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा चाँदी तोलामा चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घटेको हो ।

ADVERTISEMENT